साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोली घोषणा, अनिल गुरुङ कप्तान


 


nepali team

मंसिर २८, २०७२- अनिल गुरुङ कप्तान रहने गरी साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । भारतको केरलामा पुस ८ देखि १९ सम्म हुने नवौं साफको लागि मुख्य प्रशिक्षक प्रशिक्षक प्याट्रिक ओसेम्सले २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् ।

अनिल गुरुङ प्लेइट सेटमा नभएको अवस्थामा विराज महर्जन वा रोहित चन्द कप्तान हुने प्रशिक्षक ओसेम्सले जानकारी दिए ।  कप्तान सागर थापा र उपकप्तान सन्दीप राई खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि बाहिरिएका थिए ।

राष्ट्रिय लिग सकेलगत्तै अखिल नेपाल फुटबल संघ एन्फा ले प्रारम्भिक चरणमा ४१ खेलाडी बोलाएको थियो । दोस्रो चणमा छनोट भएका २७ खेलाडीमध्ये भरत खवास, देवेन्द्र तामाङ र शिव श्रेष्ठ चोटका कारण टिमबाट हटे ।
साफअघि नेपाली टिमले पुस २ गते  ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

साफमा नेपाल आयोजक भारत र श्रीलंकासँगै समूह ‘ए’ मा रहेको छ । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् । नेपाल साफमा कहिल्यै सेमिफाइनलभन्दा माथि पुगेको छैन ।

नेपाली राष्ट्रिय टिम
गोलकिपर
किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी
डिफेन्स
विराज महर्जन, रविन श्रेष्ठ, जितेन्ऽ कार्की, अनन्त तामाङ, रञ्जित धिमाल र आदित्य चौधरी
मिडफिल्डर
रोहित चन्द, जगजित श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ र नवीन लामा
फरवार्ड
अनिल गुरुङ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अञ्जन विष्ट

प्रकाशित मिति: २८ मंसिर २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्