हिरो गोल्डकप – नेपालद्वारा इरान पराजित


 


काठमाडौं फागुन २
हिरो गोल्डकपअन्तर्गत बुधबार भारतमा सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले इरानविरुद्ध फराकिलो जीत निकालेको हो । जीतसँगै नेपालको फाइनल यत्रासमेत बलियो बनेको छ ।

नेपालका लागि सावित्रा भण्डारीले दुई र अनिता बस्नेतले एक गोल गरिन् । सावित्राले खेलको ५९औँ तथा ८९औँ मिनेटमा गोल गरिन् ।

यस्तै अनिताले खेलको ४१औँ मिनेटमा गोल गरेकी थिइन् । जीतसँगै ६ अङ्क जोड्दै नेपाल फाइनल पुगेको छ । सावित्राले भारतविरुद्धको खेलमा समेत दुई गोल गरेकी थिइन् । हारसँगै इरान प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी छन् ।

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्