हिरो गोल्ड कप : उपाधीका लागि आज नेपाल र म्यानमार भिड्दै


 


काठमाडौं फागुन ३
भारतमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन् । उडिसास्थित कालिंगा रंगशालामा फाइनल खेल बेलुका सवा छ बजे हुनेछ । भारतलाई समूह चरणमै पराजित गरेको नेपाल म्यानमारलाई हराएर उपाधि हात पार्ने प्रयासमा छ ।

तर समूह चरणमा तीन शुन्य गोल अन्तरले हराएको म्यानमारलाई पराजित गर्नु नेपालका लागि चुनौतीपुर्ण रहेको छ । यसअघि जापान ओलम्पिकको छनौट खेलमा नेपाल र म्यानमारले बराबरी खेल्दै अंका बाँडेका थिए । विश्व वरियतामा पनि म्यानमार नेपालभन्दा निक्कै माथि रहेको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्