गायक शर्माले भने सरकारले होइन आफैले हटाए गित

काठमाडौं, फागुन ५
गायक पशुपति शर्माले ‘लुट सके लुट कान्छा’ बोलको गीत हटाउन सरकारले कुनै दवाव नदिएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा सरकारले हटाएको प्रतिवन्ध लगाएको अफवाह फैलाईरहेका बेला स्वयम गायकले भने यो आफै हटाएको बताएका छन् । गायक शर्माले भने युट्युबबाट हटाउन सरकारबाट कुनै दबाब आएको छैन । उक्त गीत हटाउन सरकारले दबाब दिईरहेको आरोप लागिरहेका बेला पशुपतिले गीतमा समावेश गरिएका केही शब्द परिमार्जन गर्न युट्युबबाट आफैले हटाएको बताउनु भयो ।
‘सरकारबाट कुनै दवाव आएको छैन तर सरकारसँग नजिक रहेका संगठनहरुको सार्वजनिक अभिव्यक्ति र केही सुभचिन्तकहरुको आग्रहलाई मध्येनजर गर्दै गीत डाउन गरेको हुँ,’ गायक शर्माले भन्नुभयो ।
करिव करिव सम्पर्क विहिन जस्तै बनेका गायक शर्मा शब्दमा परिमार्जन गरेर पुन नँया परिमार्जन गरी गित ल्याउने तयारीमा जुटिरहनु भएको छ ।
प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार