पशुपति शर्माको गीत हटाउनु लोकतन्त्रमाथिको प्रहार – विवेकशी


 


काठमाडौँ फागुन ५
विवेकशील नेपाली पार्टीले चर्चित गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ लाई युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भनेको छ।

पार्टीका प्रवक्ता मिलन पाण्डेले आइतवार एक प्रेस वक्तब्य जारी गर्दै सत्तासीन दलका नेता कार्यकर्ताको दबाबमा शर्मालाई उक्त गीत युट्युबबाट हटाउन लगाइएकोमा विरोध जनाएका छन् ।

युट्युबबाट हटाइएको शर्माको गीतलाई सार्वजनिकरूपमा बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको प्रहारको विरोध गर्नसमेत विवेकशीलले सर्वधारणलाई अपिल गरेको छ। ‘हामी आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्नसमेत आह्वान गर्दछौँ’, पाण्डेले भनेका छन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्