गायब पशुपती शर्माको गीतमा यी हुन् तिन ‘गल्ती’


 


काठमाडौं, ५ फागुन ।
‘मलाई अमेरिका यही’ बोलेको युवा पुस्तालाई देशमै काम गर्न उत्प्रेरणा दिने गीत गाएर चर्चामा आएका गायब पशुपती शर्मा अहिले अर्काे गीतको कारण चर्चामा छन् । लुट्न सके लुट बोलको उनको गीत अहिले चर्चा र विवादमा छ ।

पहिला युवालाई देशमै केही उत्प्रेरणा दिने गायब शर्माले यसपटक भने चरम निराशाबादी गीत गाएका छन् । देशमा सबैले लुटिरहेको र आदर्शको कुरा गर्न छाडेर सकेसम्म लुट्नुपर्ने भन्ने सन्देष दिन खोजिएको छ ।
तर, गीतको आलोचना यसकारण भएको होइन । गीतका कतिपय शब्दहरु अलि अमार्यादित छन् । जस्तो शासकलाई यमराज भनिएको छ । त्यस्तै राष्ट्रपतिले डेढ अर्बको हेलिकोप्टर चढ्छिन् भनिएको छ । तर, अहिलेसम्म त्यो हेलिकोप्टर किनिएको छैन । सेनाले भिभिआईपीका लागि भनेर हेलिकोप्टर किन्न लागेको हो, राष्ट्रपतिका लागि हो ।
साथै दलका कार्यकर्तालाई गाईजात्राको गीतमा जस्तो कुकुर भनिएको छ । जसकारण यसले विवाद भएको छ र गायक शर्मा माफि माग्दै आफैंले सो गीत युटुबबाट हटाएर केही शब्द संशोधन गर्ने बताएका छन् । तर, सरकारको दबाबमा गीत हटाइएको भन्दै सरकारको समेत आलोचना भएको छ ।
यस्तो छ सो गीतका शब्द–

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्