‘लुट्न सके लुट कान्छाका गायक पशुपति शर्माको गीतलाई पुरस्कृत गर्न बाबुरामको माग


 


 काठमाडौं, फागुन ५ 

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’लाई पुरस्कृत गर्न माग गरेका छन् ।

आइतबार उक्त गीतसहितको एउटा ट्वीटमा प्रतिक्रिया जनाउँदै डा. भट्टराईले पशुपति शर्माको सो गीतलाई धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने त्यो अत्यन्त गम्भीर विषय भएको उनले प्रष्ट पारेका छन् । उनले लेखेका छन्, ‘पाँचथरबाट बाग्लुङसम्म आइपुग्दा जनतामात्र हैन, सत्ताधारी दलका कार्यकर्तासम्मले यस्तै भ्रष्टाचारविरोधी गीत गाइरहेको पाइयो ।’

उनले उक्त गीतलाई ‘दण्डित होइन, पुरस्कृत गरियोस्’ भनेका छन् । सरकारलाई ‘सुतुरमुर्गे’ हरकत नगरोस् भन्दै उनले चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्