श्रीमान श्रीमती बिच झगडा हुन्छ भने तपाईलाई हाइपोमेनिया रोग पनि हुन सक्छ ?

काठमाडौं फागुन ७
हाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद भएको पाइन्छ यति सम्मकि छुट्टा छुट्टै बस्न पुग्ने, बारम्बार कुट पिट भएको पनि भेटिएको छ । सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहनै हुदैन विस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुदै जानाले पछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
कल्पना २५ वर्ष महिला हुन अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनि श्रीमान तथा परिवार संगै छिन उनि अहिले छिट्टै रिसाउने, जिद्धी गर्ने तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिन श्रीमान तथा परिवारका अन्य सदस्य संग उनको भनाभन भई रहन्छ । उनि कहिले रिस खप्न नसकेर रुन्छिन, कहिले अरुलाई अपशब्द बोल्छीन । परिवारको सदस्य संग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काही उनि ठुला ठुला कुरा गर्छिन राति निन्द्रा राम्रो परदैन । श्रीमान संग दिनहु कलह भइरहन्छ । उनि बढि फुर्तिलो देखिन्छिन । उनलाई यो रोग लागेको हो भनेर चिन्न कठिन छ । उनलाई अस्पताल ल्याएपछि मात्र थाहा भयो हाईपोमेनिया रोग लाग्यो भनेर ।
त्यस्तै रमा १६ वर्ष केटि हुन । उनि कक्षा ९ मा पढछिन् । गत १० दिन देखि उनि फरक देखिएकि छिन । आजकल उनि बढि बोलिरहन्छिन । उनि छिट्टै रिसाउँछिन । उनि निकै सिँगार पटार गर्छिन । उनि भन्छिन “म ३ दिन भित्र प्रधान मन्त्री वन्नेछु ।” उनि आफुलाई फूर्तिलो, सिपालु, जोसिलो राम्री ठान्छिन । उनिमा तडक भडक निकै छ । विवाह गर्ने कुरा पटक पटक गर्छिन । एउटा काम नसक्दै अर्कोकाम सुरु गर्छिन । उनले भनेको नमानेमा पिट्छिन । राती २–३ घण्टा सुतेपछि उठ्छिन, रेडियो, टि.भी.हेर्छिन र अरुलाई डिस्टर्व गर्छिन । उनि मिठो खानेकुरा र पैसा मागिरहन्छिन । अनि आफु धनि भएको फूर्ति उडाउछिन । उनको लक्षण समयमा थाहा भएन तर जुन उनको लक्षण वढुदै गयो । उनको अस्पतालमा उपचार भई रहेको छ र निको हुंदै छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन एउटा काम सक्न नपाउँदा अर्को काम थाल्छ । विरामी आनन्दि कुरामा दिन विताउँछ । म राजा वन्छु, म प्रधानमन्त्री वन्छु म नेता वन्छु भन्छ । पैसा वाँड्ने, कुरा वढाई चढाइ वोल्ने, राती २,३ घण्टा मात्र सुत्ने, गित गाउने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने । यो रोग पटक पटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ । यस्ता घटनँहरु समाजमा पटक पटक देखिरहन्छन । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौें घटन घटन सक्छन् । मेनिया भनेको हाइपोमेनिया भन्दा कडा अवस्था हुने रोग हो ।
प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार