,श्रीमती महिनावारी हुँदा श्रीमानले के गर्ने ?

महिलामा महिनावारीको क्रममा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् र आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ ।
महिनावारीको क्रममा के गर्ने पुरुष ?
बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा। निरजा पौराणिकका अनुसार पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदैन ।महिलाले यो क्रममा किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार छैन ।पुरुषले आफ्नो महिला पार्टनरलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब नगर्ने ।
मूडलाई बुझ्नुहोस्ःमहिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ । उनको मूड बुझेर आपसी सहयोग गर्नुहोस् ।
हट वाटर ब्याग दिनुहोस्ःमहिनावारी हुँदा पेट दुख्नु साधारण कुरा हो । हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ ।
डार्क चकलेट खुवाउनुहोस्ःडार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ ।
तरकारी र फलफूल खुवाउनुहोस्ःकेरा, मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।
मसाज गर्नुहोस्ःमहिनावारीका बेला महिलालाई कम्मर दुख्नेलगायतका समस्या हुने गर्दछ । तपाईंले हल्का हातको मसाजले उनलाई राहत दिनेछ ।
व्यायाम गराउनुहोस्ःहल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ ।धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस्ःमहिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।
आराम गर्न दिनुहोस्ःतपाईंको पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस् । आराम गर्दा समस्या कम हुनेछ ।
चिया–कफी वा मसालेदार खानेकुरा नदिनुहोस्ःमसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउने गर्दछ ।
डाक्टरलाई भेट्नुहोस्ःयदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानुहोस् ।
प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार