यस्तो छ, ल्वाङ हालेको चियाको फाइदा


 


फागुन १२,काठमाडौं/
अदुवा र अलैँची चियाभन्दा पनि ल्वाङवाला चिया बढी फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुन्छ ।

– ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ ।

– एक कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ ।

– हाडको दुखाइको समस्या भएका मानिसले ल्वाङ चिया पिएमा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पु(याउँछ ।

– एसिडिटीका कारण पेट दुख्ने, पोल्नेजस्ता समस्या हुन्छ । यस्तो समस्या हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ ।

– दाँतको दुखाइ भएकाले पनि ल्वाङको चिया सेवन गर्दा राम्रो हुन्छ । यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ । याे सामग्री नयाँ पत्रिकाबाट लिएकाे हाे ।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्