कतै तपाईंको बच्चाको पेटमा किरा त छैन !!
काठमाडौं, १६ फागुन
यदि तपाईंको बच्चाले जतिखेर पनि पेट दुखेको छ भन्यो भने अब सोच्ने बेला आएको छ । उसको पेटमा किरा परेको हुनसक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार, यस्ता बच्चा कुपोषणको शिकार हुने गर्दछन् ।
नेशनल हेल्थ मिशनमा किशोर स्वास्थ्यका महाप्रबन्धक डा. मनोज शुक्लाका अनुसार, विश्वमा कयौं शोधमा पाइएको छ कि कुपोषणको समस्या पेटमा हुने किराको कारणले हुने गर्दछ । किराको कारण नै ३८ प्रतिशत बच्चा कम तौलका हुन्छन् ।
विशेषज्ञका अनुसार, पेटमो गोलो आकारका किराले प्रोटिन अवशोषित गर्ने शरीरको क्षमतालाई प्रभावित गर्दछ । पेटमा किराबाट प्रभावित ३८ प्रतिशत विद्यालय उमेरका बालबालिका का तौलका हुने गर्दछन् । यसको अलावा ५८ प्रतिशत बच्चा आफ्नो उमेरका अरु बच्चाभन्दा कमजोर हुन्छन् ।
अहिले बच्चामा कुपोषणको समस्या बढ्दै गइरहेको छ । यसले बच्चाको मानसिक विकासमा पनि असर गर्ने गर्दछ । विशेषज्ञका अनुसार वर्षमा २ पटक १ गोली (औषधी) खाँदा पेटमा किराको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार
















