धेरैसँग यौन सम्पर्क गर्नेलाई पाठेघरको मुखको क्यान्सर हुन्छ
महिलालाई सताउने विकराल समस्या हो– पाठेघरको मुखको क्यान्सर । जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाइसकेका छन् । पाठेघर तीन भागमा बाँडिएको हुन्छ । एउटा सबैभन्दा तलको भाग जसलाई पाठेघरको मुख भनिन्छ । यही भागमा सबैभन्दा बढी क्यान्सर हुन्छ । जहाँ कुनै पनि भाइरल संक्रमणका कारण क्यान्सर हुन्छ ।
जुन शरीरका अन्य भागमा पनि विस्तारै फैलँदै जान्छ । यसबाहेक पाठेघरको बीचको भागमा पनि क्यान्सर हुन्छ । ‘ह्युमन पेपिलोमा’ भन्ने भाइरस पाठेघरको मुखमा संक्रमण गर्न पुग्यो भने क्यान्सर हुन्छ ।
यो भाइरसको संक्रमण खासगरी धेरैजनासँग यौन सम्पर्क गर्ने महिलालाई बढी हुने संभावना हुन्छ । अर्थात् धेरैजनासँग संसर्ग गर्ने श्रीमानका महिलालाई पनि यो भाइरस सर्ने खतरा बढी हुन्छ । यसबाहेक अन्य फोहोर वातवरणका कारण पनि यो भाइरस सर्न सक्छ ।
पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ ।
महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ। जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो ।
महिला प्रजनन प्रणाली अत्यन्तै संवेदनशील, परविर्तनशील, हर्मोन तथा रसायनहरूको तीव्र प्रभावयुक्त हुने भएकाले पाठेघरको क्यान्सरबाहेक योनिको क्यान्सर, योनिद्वारको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि विद्यमान छन् ।
त्यस्तै, स्तनको क्यान्सर पनि अत्यन्तै ठूलो मात्रामा पाइने क्यान्सर हो । चेतनाको अभाव, आर्थिक–सामाजिक अवस्था तथा लाजका कारण धेरै महिलाहरू नियमित रूपमा प्रजनन प्रणालीको जाँच गर्दैनन्, जसले गर्दा उपचारको प्रभावकारतिा कम र मृत्युदर बढी हुन्छ ।
पाठेघरमा बाहिरी तह ’इन्डोमेट्रियम’ र भित्री मासुको तह ’मायोमेट्रियम’ हुन्छन्। जसमध्ये बाहिरी तहको क्यान्सर अर्थात् इन्डोमेट्रियल क्यान्सर ९५ प्रतिशत र भित्री तह अर्थात् मायोमेट्रियल क्यान्सर पाँच प्रतिशत मात्र हुन्छ। तसर्थ, पाठेघरको क्यान्सरलाई इन्डोमेट्रियल क्यान्सर पनि भनिन्छ ।
पाठेघरमा असामान्य कोषहरूको वृद्धि भएपछि पाठेघर सुन्निने, मासु, फोका वा गुच्छाजस्तो पलाउने हुन्छ । क्यान्सरमा परिणत नहुने फाइब्राइड, पोलिप्स आदि मृत्युको कारक हुँदैनन्, उपचार वा शल्यक्रियापछि निको हुन्छ र पुनः उम्रँदैनन्, वरपिर िअवयवका कोष तथा तन्तुलाई हानि गर्दैनन् र शरीरको अन्य भागमा फैलिँदैनन् ।
क्यान्सरमा परणति हुने फाइब्राइड, पोलिप्स आदि मृत्युको कारक हुन्छन्, शल्यक्रिया गरेर हटाए पनि पुनः वृद्धि हुन्छन्, नजीकका तन्तु तथा अंगहरूमा असर गर्छन् र शरीरको अन्य भागमा पनि फैलिन्छन् ।
समयमै पाठेघरको क्यान्सरको निवारण नगरेमा पाठेघरका अर्बुद कोषहरू लिम्फ नलीमार्फत लिम्फ ग्रन्थिहरूमा पुग्छन् । त्यहाँबाट रक्तनली हुँदै फोक्सो, कलेजो, हड्डी तथा मस्तिष्कमा पुग्छन् ।
४० वर्षभन्दा कम उमेरका महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । ५० वर्ष उमेरमाथिका महिलाहरू अर्थात् रजोनिवृत्ति भएका महिलाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ र पाठेघरको क्यान्सर भएका महिलाहरूमध्ये ४० वर्षभन्दा बढी उमेरका महिलाहरू ९५ प्रतिशत हुन्छन् ।
महिनावारी बन्द भएपछि असामान्य रक्तश्राव भएमा पाठेघरको क्यान्सर लगभग सुनिश्चित हुन्छ। लामो समयसम्म ’इस्ट्रोजेन हर्मोन’ मात्र सेवन गर्ने महिलाहरू, कहिल्यै गर्भवती नभएका महिलाहरू, जीवनकालमा सामान्यभन्दा धेरैपटक महिनावारी भएका महिलाहरू, ट्युमररफाइब्राइड आदिको लामो समयसम्म शल्यक्रिया नगरेका महिलाहरू, वंशाणुगत कारण, अधिक मोटोपन आदि पाठेघरको क्यान्सरका प्रमुख कारक मानिएको छ ।
गर्भवती भएका महिलाहरू, परविार नियोजनका लागि मिश्रति हर्मोन (इस्ट्रोजेन र प्रोजेस्टेरोन) सेवन गर्ने महिलाहरू तथा स्वस्थ जीवनशैली अवलम्बन गर्ने महिलाहरू पाठेघरको क्यान्सरबाट अपेक्षाकृत रूपमा सुरक्षित हुन्छन् ।
पाठेघरमा अनियन्त्रित ट्युमर वा क्यान्सर भएमा क्यान्सरको फैलावटलाई रोक्न शल्यक्रियामार्फत पाठेघर फ्याँकिन्छ। पाठेघर फ्याँकेपछि बच्चा नभए पनि यौन जीवनलाई खासै फरक पर्दैन । पाठेघर बाहिर क्यान्सर हुने सम्भावना देखिएमा पाठेघरका साथै डिम्ब नली र डिम्बाशय पनि निकालिन्छ ।
त्यस्तै विकिरण, केमोथेरापी, प्रोजेस्टेरोन हर्मोनको प्रयोग, तल्लो पेटवरपिरकिा लिम्फग्रन्थी हटाउने आदि उपचार गरन्िछ। कडा विकिरण चिकित्साले ट्युमरलाई चाउरी पार्छ र क्यान्सर कोषको डीएनएलाई क्षति गर्छ, जसले अर्वुद कोषहरूको वृद्धि हुन सक्दैन । त्यस्तै केमोथेरापीको प्रयोगले वृद्धि भइरहेका अर्बुद कोषहरूलाई शीघ्र हटाउँछ ।
पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन, त्यसकारण रोकथाम कठिन छ। हामीलाई थाहा भएका सम्भावित कारणहरू र हानिकारक तत्त्वहरू त्यागेर रोकथामको प्रयास गर्ने हो। संक्रमणको समयमै उपचार, सन्तुलित आहारविहार, सुरक्षित यौन अभ्यास, धुम्रपान त्याग, नियमित रूपमा योनिश्रावको परीक्षण, शारीरकि अभ्यास, लाक्षणिक उपचार, मनोवैज्ञानिक सहयोग, क्यान्सरका बारेमा जनचेतना विस्तारजस्ता उपायहरूले रोग प्रतिरोधात्मक शक्ति तथा मनोबल वृद्धि हुन्छ ।
समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट ८४ प्रतिशत बाँच्ने सम्भावना हुन्छ। पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्छन् भने सुरुको अवस्थामा निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार
















