विश्वकै यि बडी बिल्डर महिला जसलाई देख्दा पुरुषहरु पनि थर-थर काप्छन्


 


पछील्लो समय बडी बनाउनेको निक्कै ठुलो जमात छ । सबैजना सिक्स प्याक निकाल्न र बडी देखाउन निक्कै रुचाउन थालेका छन् । यसै बिचकी रोमानियाकी ३९ वर्षिय अलिना पिप्पा विश्वकै पहिलो बडी बिल्डर महिला हुन् । सुन्दा र देख्दा अनौठो लाग्ने उनको शरिर साच्चै डरलाग्दो रहेको छ । अलिनाको उचाई ५ फिट ६ इन्च र तौल १०७ किलोग्राम रहेको छ ।

प्रशिक्षकको रुपमा काम गर्दै आएकी अलिना १९ वर्षको उमेर देखि बडी बिल्डीङ्गको लागि सुरुवात गरेकी अलिनालाई सामाजिक सञ्जालमा धेरै मानिसहरुले खोज्ने गरेका छन् । उनले वजन लिफिटङ्गको लागि प्रशिक्षण सुरु गरेको एक वर्षपछि च्याम्पियनसिपमा भाग लिन सुरु गरेकी हुन् ।

उनको तस्वीर देखेर नै अलिनाको खोजी निकै बढेको छ । इन्स्टाग्राममा पनि ५० हजार भन्दा बढी फलोअर्सहरु कमाइ सकेकी छन् । सन् २०१० मा मिस इन्टरनेशनल हुँदै फस्ट ओलम्पिकमा समेत भाग लिएकी थिइन् । प्रो बडी बिल्डिंगमा काम गरेकी उनले दोस्रो स्थानमा आफ्नो नाम राख्न सफल भएकी थिइन् ।

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्