महिनावारीको वेला यी कुरामा ध्यान दिने


 


फाल्गुण २१ काठमाडौं/

मासिक श्राव वा महिनावारी महिलामा हुने एक शारीरिक प्रक्रिया हो । किशोरावस्थाबाट नै यो प्रक्रिया सुरु हुन्छ । उमेर पुगेका हरेक महिलामा अक्सर प्रत्येक २८ दिनमा मासिक श्राव हुने गर्छ । महिनावारीको अवस्था अन्य समयभन्दा संवेदनशील हुने भएकाले स्वास्थ्यमा विशेष ध्यान पु-याउन जरुरी छ ।

– महिनावारीका समयमा यौनांगबाट रगत बग्ने हुन्छ । यसर्थ, यसको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यदि, सरसफाइको कमी भएमा कतिपय अवस्थामा संक्रमणसमेत हुन सक्छ ।
– सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ । प्याड हरेक चार घन्टामा फेर्नुपर्दछ । एउटै प्याड लामो समय राख्दा ब्याक्टेरिया फैलिन सक्ने
सम्भावना रहन्छ ।
– यो वेलामा शरीरमा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।
– यस्तो वेला यौनांगमा पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नुहुँदैन । जसले इन्फेक्सन गर्न सक्छ ।
– दुखाइ कम गर्ने नाममा अनावश्यक औषधि सेवन गर्नुहुँदैन ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्