एकादशीको दिन मदिरा पिउँनेले कहिल्यै उन्नती गर्दैन
गरुण पुराणमा सफताको केही टिब्य दिइएको छ । गरुण पुराणको एक श्लोकमा लेखिएको छ ‘जीवनमा उन्नती गर्नु छ भने ६ भगवानको पूजा गर्नु ।’ एकादशी ब्रतलाई विभिन्न ग्रन्थले सर्वस्रेष्ठ मानेको छ । एकादशीको दिन मदिरा, पिउने, हिंसा गर्ने र जुवा खेल्ने व्यक्तिले जीबनमा कहिल्यै प्रगति नगर्ने मान्यता छ । पूजा गर्दा कस्तो फाइदा हुन्छ तल उल्लेख गरिएको छ ।
१ भगवान विष्णु स् गरुण पुराणको अनुसार भगवान विष्णु आफ्ना भक्तलाई दुःखवाट पार गराउन चाहन्छन् । जो व्यक्ति दिनको सुरुवातमा भगवान विष्णुको पूजा अर्चना गर्छन् ति ब्यक्तिलाई आफ्नो काममा सफलता मिल्छ । तर, भगवानको पूजा गर्नु अघि नुहाएर शुद्ध कपडा ९राती नलगाएको० लगाउन जरुरी हुन्छ ।
२ गाइपूजा गाईलाई हिन्दु धर्ममा आमासमान मानिन्छ । गाईको शरीरको विभिन्न भागमा देवताको वास हुने मान्यता छ । जो मान्छेले गाईलाई देवता तुल्य मानेर पूजा गर्छ उसको सबै दुःख पार हुने विश्वास छ । गाईलाई भोजन गराएपछि अञ्जानमा भएको गल्ति माफ हुने विश्वास छ ।
३ गंगानदीको पूजा स् गंगा नदीलाई नदीहरुकै सर्वश्रेष्ठ नदी मानिन्छ । यदि कसैले गंगा नदिलाई देवतुल्य मानेर पूजा गर्छ उसका लागि सफलता नजिकै आउछ ।
४ तुलसी पूजा स् तुलसी पनि भगवानकै एउटा रुप हो । तुलसीलाई घरमा रोपेर दैनिक जल चढाएर पूजा गर्दा फल प्राप्त हुने मान्यता छ । भगवान विष्णुलाई चढाउने प्रसादमा तुलसीको पात हुन जरुरी छ भने विष्णुको पूजा गरेपछि मात्रै तुलसीको पूजा गर्नुपर्छ ।
५ पण्डितको सम्मान स् पण्डित एवं शिक्षक एवं कुनै पनि सञ्जन ब्यक्तिलाई सम्मान जरुरी छ । जो व्यक्तिले सज्जनको सम्मान गर्छ उसलाई भगवानले हेर्छन् भन्ने विश्वास छ ।
६ एकदशी ब्रत स् विभिन्न ग्रन्थ एवं पूराणमा एकदशी ब्रतलाई सर्वश्रेष्ठ उल्लेख गरिएको छ । पुराणमा उल्लेख भए अनुसार प्रत्येक एकादशीमा व्रत वस्ने व्यक्ति कहिल्यै दुःखी हुँदैन । एकादशीका दिन जुवा खेल्नु, मदिरा पिउनु र हिंसा गर्नु हुन्न ।
प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार
















