उर्लाबारी मेयर कपको उपाधि वडा नं. ६ लाई


 


उर्लाबारी, फागुन २७

मोरङको उर्लाबारीमा सञ्चालित मेयर कप फुटवलको उपाधि वडा नं. ६ ले जितेको छ ।  उर्लाबारी – ६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा आज भएको फाईनल खेलमा वडा नं. ९ लाई टाईब्रेकरमा ५ – ४ गोल अन्तरले हराउँदै वडा नं. ६ ले उपाधि जितेको हो ।

यसअघि निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछी खेल टाईब्रेकरमा धकेलिएको थियो । उपाधिसँगै वडा नं. ६ ले नगद १ लाख ५० हजार रुपैयाँ र उपविजेतामा सिमित वडा नं. ९ ले नगद १ लाखरुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पुरस्कार तिवरण गर्नुभएको थियो ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्