माइभ्याली गोल्ड कप ५–१ को नतिजासँगै हिमालयन शेर्पा क्वाटरफाइनलमा


 


नरेन इलामेली फागुन २७
इलाम – पाँचौ संस्करणको माइभ्याली गोल्डकपकमा हिमालयन शेर्पा क्लब काठमाण्डौले नेप्लीज फुटबल एकाडेमी हङकङलाई ५–१ गेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न खेलमा हिमालयनले नेप्लीज एकाडेमी हङकङलाई पराजित गरेको हो ।

खेलको सुरुवात देखि नै उत्कृष्ट लयमा रहेको हिमालयन शेर्पाले खmेको पहिलो मिनेट मै सुनिm खँड्काको गोलमार्फत अग्रता लिएको थियो भने खेलको नवौँ मिनेटमा खँड्काले नै दोश्रो गोल गर्दै खेललाई २–० को नतिजामा पु¥याए । खेलको ३७ औँ मिनेटमा हिमालयनका विसन गुरुङले गोल गरे । त्यस्तै खेलको ६१ औँ मिनेटमा हिमालयनका सुनिल खँड्काले अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे भने ७७औँ मिनेटमा मान बहादुर तामाङले गोल गर्दै हिमालयनलाई ५ गोलको नतिजामा पु¥याउँदा नेप्लीज फुटबल एकाडेमीले भने सान्तवना गोल मात्र फर्काएको थियो । हङकङका लागि खेलको ४६ औँ मिनेटमा समिर लिम्बूले सान्तवना गोल गरेका थिए।

खेलको म्यान अफ दी म्याच विजेता टीमका सुनिल खँड्का घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल पुलिस क्लब र आइतबारको खेलका विजेता युनाइटेड क्लब दार्जिलिङ भारत विच प्रतिस्पर्धा हुनेछ । आइतबार युानइटेड क्लब दार्जिलिङले आयोजक माइभ्याली फुटकल क्लबलाई पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। पूर्वी पहाडको सबै भन्दा ठूलो धनराशिको सो प्रतियोगितामा नेपालको विभागीय टीमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब सहित थ्रीस्टार क्लब, मेची नेत्रालय झापा, हिमालयन शेर्पा कल्ब काठमाडौं, माइभ्याली फुटबल क्लब भारतको युनाइटेड कल्ब दार्जिलिङ, नेप्लिज फुटबल एकेडेमी हङकङ र दाउफिन्स कल्ब क्यामरुन गरी १० टीमको सहभागीता रहेको‌ छ। माइभ्याली फुटबल क्लब इलामको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल आगामी चैत्र ५ गते हुनेछ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्