क्यामरुनको दाउफिन्स क्लब माइभ्याली गोल्डकपको सेमीफाइनलमा


 


नरेन इलामेली इलाम 

क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी पाँचौ संस्करणको टुबोर्ग अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफलाइनलमा प्रवेश गरेको छ । बिहीबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न क्वाटरफाइनल खेलमा एपिएफ क्लबलाई ३– १ गोल अन्तरले पराजित गर्दै दाउफिन्स क्लब क्यामरुनले सेमीफाइनलको आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको १४ औँ मिनेटमा दाउफिन्सका मोजोभ्केले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए भने खेलको २० औँ मिनेटमा पेटङ्गाले गोल गर्दै दाउफिन्सलाई दोब्बर अग्रतामा पुर्याए । यता एपिएफका हरी कार्कीले खेलको ३६ औँ मिनेटमा गोल गरे पनि टीमलाई हारबाट जोगाउन सकेनन् । खेलको ६२ औँ मिनेटमा दाउफिन्सका पेटाङ्गाले व्याक्तिगत दोश्रो गोल गर्दै टीमलाई ३– १ गोल अन्तरको सहज जित दिलाए ।

खेलको म्यान अफ दी म्याच दाउफिन्स क्लब क्यामरुनका पेटाङ्गा घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार मेची नेत्रालय झापा र त्रीभूवन आर्मी क्लब विच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। पूर्वी पहाडको सबै भन्दा ठूलो धनराशिको सो प्रतियोगितामा नेपालको विभागीय टीमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब सहित थ्रीस्टार क्लब, मेची नेत्रालय झापा, हिमालयन शेर्पा कल्ब काठमाडौं, माइभ्याली फुटबल क्लब भारतको युनाइटेड कल्ब दार्जिलिङ, नेप्लिज फुटबल एकेडेमी हङकङ र दाउफिन्स कल्ब क्यामरुन गरी १० टीमको सहभागीता रहेको‌ छ। माइभ्याली फुटबल क्लब इलामको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल आगामी चैत्र ५ गते हुनेछ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्