माइभ्याली गोल्डकप– दाउफिन्स फाइनलमा


 


नरेन इलामेली इलाम – नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी पाँचौ संस्करणको टुबोर्ग अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फलाइनलमा प्रवेश गरेको छ । शनिबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २– ० गोल अन्तरले पराजित गर्दै दाउफिन्स क्लब क्यामरुन फाइनलमा पुगेकोे हो ।

खेलको १७ औँ मिनेटमा दाउफिन्सका टीनाले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए भने खेलको ७१ औँ मिनेटमा दाउफिन्सका इशाले गोल गर्दै टीमलाई २–० को सहज जित दिलाए ।

खेलको म्यान अफ दी म्याच दाउफिन्सका टीना घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आइतबार अन्तिम सेमीफाइनलमा हिमालयन शेर्पा क्लब र मेची नेत्रालय झापा बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। पूर्वी पहाडको सबै भन्दा ठूलो धनराशिको सो प्रतियोगितामा नेपालको विभागीय टीमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब सहित थ्रीस्टार क्लब, मेची नेत्रालय झापा, हिमालयन शेर्पा कल्ब काठमाडौं, माइभ्याली फुटबल क्लब भारतको युनाइटेड कल्ब दार्जिलिङ, नेप्लिज फुटबल एकेडेमी हङकङ र दाउफिन्स कल्ब क्यामरुन गरी १० टीमको सहभागीता रहेको‌ छ। माइभ्याली फुटबल क्लब इलामको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल आगामी चैत्र ५ गते हुनेछ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्