हिमालयन शेर्पा माइभ्याली गोल्डकपको फाइनलमा


 


नरेन इलामेली इलाम  मेची नेत्रालय झापालाई पराजित गर्दै हिमालयन शेर्पा क्लब काठमाण्डौ इलाममा जारी पाँचौ संस्करणको टुबोर्ग अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फलाइनलमा प्रवेश गरेको छ । आइतबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा मेची नेत्रालय झापालाई ३– ० गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लब काठमाण्डौ फाइनलमा पुगेकोे हो ।

हिमालयन शेर्पालाई जितका लागी त्रिदेव गुरुङ ,रवि थापा र विशन गुरुङले गोल गरेका थिए । जितसँगै हिमालयन शेर्पाले उपाधिका लागी दाउफिन्स क्लब क्यामरुनसँगको भेट पक्का गरेको छ । प्रतियोगिताको फाइनल खेल आगामी मंगलबार हुनेछ । खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

माइभ्याली फुटबल क्लब इलामको आयोजनामा फागुन २६ गतेबाट सुरु भएको प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। पूर्वी पहाडको सबै भन्दा ठूलो धनराशिको सो प्रतियोगितामा नेपालको विभागीय टीमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब सहित थ्रीस्टार क्लब, मेची नेत्रालय झापा, हिमालयन शेर्पा कल्ब काठमाडौं, माइभ्याली फुटबल क्लब भारतको युनाइटेड कल्ब दार्जिलिङ, नेप्लिज फुटबल एकेडेमी हङकङ र दाउफिन्स कल्ब क्यामरुन गरी १० टीमको सहभागीता रहेको‌ छ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्