भारत सरकारको रु दुई अर्ब ६९ करोड सहयोगमा निर्माण अस्पताल सञ्चालनमा
लहान, २८ चैत
भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गरेका छन ।
भारत सरकारको रु दुई अर्ब ६९ करोड सहयोगमा निर्माण भएको २५ श्ययाको प्रसूति अस्पताल उद्घाटनपश्चात बुधबारदेखि अस्पतालबाट उपचार सेवा सञ्चालन भएको छ । गुणस्तरीय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित सिद्धान्तअन्तर्गत चन्द्रनारायण यादव मेमोरियल ट्रस्टद्वारा उक्त अस्पताल सञ्चालन भएको जनाइएको छ ।
अस्पतालमा चिकित्सकीय उपकरण अल्ट्रासाउण्ड, एक्सरे, ब्लड बैंक, इमर्जेन्सी, माइनर ओटी, तीन चिकित्सक कक्ष, एक नर्सकक्ष, भण्डारण कक्ष, प्रशासन, लेखा शाखा र भुइँतल्लामा शौचालय तथा आइसीयु, सिसीयु र मेजर ओटी रहेका छन् । अस्पताल निर्माण भएपछि सिरहा र आसपासका जिल्लाका जनताको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार आउने विश्वास गरिएको छ । रासस
प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार










