डाक्टरको आन्दोलनमा मन्त्री पण्डितको यस्तो अभिव्यक्ति


 


धनगढी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको विषयलाई लिएर चिकित्सकले उठाएका माग उपयुक्त नभएको बताउनुभएको छ ।

प्रेस क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “चिकित्सकका माग संविधान र सङ्घीयता विरोधी छन् ।” कर्मचारीका जायज मागप्रति भने सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । मन्त्री पण्डितले समायोजनका विषयमा कर्मचारीले गरेका गुनासाका बारेमा छानबिन भइरहेको जानकारी दिनुभयो ।

कर्मचारी व्यवस्थापनको काम पूरा गरेर सरकारले आफ्ना काममा गति ल्याउन चाहेको उहाँको भनाइ थियो । मन्त्री पण्डितले चालू आर्थिक वर्षमा जनशक्ति व्यवस्थापनको सबै काम सम्पन्न गरिसक्ने बताउनुभयो । रासस

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्