३ किलो ३ सय ग्राम सुनसहित तीन चिनियाँ नागरिक समातिए


 


काठमाडौं । मलद्वारमा लुकाएर ल्याएको तीन किलो, तीन सय ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । विमानस्थल भन्सार कार्यालय र त्रिअवि सुरक्षा कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरीको संयुक्त टोलीले उक्त परिमाण बराबरको सुन बरामद गरेको हो ।

पक्राउ परेका चिनियाँ नागरिक चीनको कुनिमङबाट चाइना इस्टर्न एयरलाइन्सहुँदै काठमाडौ‌ं उत्रेका थिए । उनीहरुको हाउभाउ शंकास्पद देखिएपछि प्रहरी र भन्सारले चेकजाँच गरेको थियो । त्यसपछि उनीहरुलई प्रहरीले सिनामंगलस्थित केएमसी अस्पताल लगेर एक्सरे गराएको थियो । एक्सरे गराउँदा मलद्धारमा राखेको अवस्थामा सुन भेटिएको भन्सार कार्यालय त्रिअविले जनाएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्