खोला दोहन र क्रसरको दादागिरी रोक्न प्रदेश सांसदको माग


 


विराटनगर। प्रदेश सभामा हरेक दिन उठ्ने बिषय भनेको क्रसर र खोलाजन्य उत्नन् । प्रदेश सभाको शुन्य समयमा झण्डै डेढ महिना देखि प्रदेश सभा सदस्य सयर्माराज राईले उठाएको एउटै बिषय हो नियम विरितको खोलाको उत्खनन् रोकिनु पर्छ ।

बिहिवारको प्रदेश सभाको बैठकमा पनि सांसद राईले प्रदेश सरकारलाई पटक पटक जानकारी गराउँदा पनि प्रदेश सरकारले चासो नदिएको आरोप लगाए ।

राईले खोला दोहनको विषयमा सरकारलाई पटक पटक सदनबाट ध्यानाकर्षण गरे पनि सरकारले कान नसुनेको हो की आँखा नदेखेको हो भन्दै प्रश्न गरे रु सदनमा आफुले बोल्न शुरु गर्न भन्दा पहिला नै त्यहाँका स्थानीय आन्दोलनमा रहेको नारावाजी सहितको आवाजबाट बोल्न शुरु गरेका राईले जनताको मागलाई वेवास्ता गरेको समेत आरोप लगाए । राईले खोलानालाहरुमा ३६ हजार घनमिटर उत्खनन् गर्न वातावरणीय प्रभाव मूल्यांकन गरिएको भएपपन ४ लाख घनमिटर भन्दा बढी उठाउने गरेको राईले सदनमा सरकारलाई जानकारी गराए ।
‘बन क्षेत्र, बस्ती, नम्बरी जग्गा लगायतका क्षेत्रमा पनि मापदण्ड विपरित उत्खनन् भईरहेको छ, राईले भने, अहिलेको तत्कालको अबस्था छानविन गरी कडा कार्वाही गरियोस् ।’

बुधबारको बैठकमा मात्र पनि खोलामा हुने अबैध उत्खनन् रोक्न प्रदेश सरकारको ध्यानाकर्षण भएको थियो । प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले दोहनको विषयमा सरकारलाई चासो दिन ध्यानाकर्षण गराएका थिए । आफ्नो निर्वाचन क्षेत्रमा अत्याधिक खोला दोहन भएको धन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

उर्लावारी नगरपालिकाको वडा नम्बर १ मा मात्र ५ वटा क्रसर उद्योग संचालमा रहेको बताउँदै २ वटा उद्योग चालू अवस्थामा र अन्य उद्योगहरु संचालनको तयारीमा हुनुले वडाअध्यक्ष, नगरपालिका तथा स्थानीय निकायबीचमा विवाद शुरू भएकोले तत्काल त्यसको अध्ययन गरी कार्वाही प्रक्रिया अगाडी बढाउन माग गरेका थिए ।

बस्ती, स्कुल तथा मन्दिरमा नै क्रसर संचालन हुनु भनेको नीति र ऐन विपरितको काम भएको उनको आरोप छ । साम्बाले उर्लाबारी क्षेत्रमा एउटै वडामा पाँचवटा सम्म क्रसर खोलिएको भन्दै यसको नियन्त्रण र्गा माग गरेका थिए ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्