पत्रकार खड्काको जीवन रक्षाको माग


 


उर्लाबारी । सञ्चार क्लब नेपाल उर्लाबारीका कार्यसमिति सदस्य तथा ब्लाष्ट टाइम्स दैनिकका मधुमल्ला समाचारदाता केशव खड्कालाई समाचारको विषयमा अश्लील गालिगलौज गर्नेलाई कार्वाहीको माग गरिएको छ ।

सञ्चार क्लब नेपाल उर्लाबारीले आज विज्ञप्ति जारी गरी विगत केही समययता स्थानीय अराजक र उदण्ड समूहले सामाजिक सञ्जालमा समाचारको विषयलाई लिएर अश्लील गालिगलौज गर्ने र विभिन्न सुत्रमार्फत मानसिक तनाव दिने कार्यहरु भइरहेको हुँदा क्लबको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

क्लबका महासचिब किशोर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘पत्रकार खड्कालाई प्रत्यक्ष/अप्रत्यक्ष धम्की र दबाब दिएको सन्दर्भ उल्लेख गर्दै जीवन रक्षाको माग गरी प्रहरी प्रशासनमा उजुरी गर्दा पनि कुनै सुनुवाई नभएको पाइएको छ ।’ दोषीको पहिचान गरी कार्वाहीको दायरामा ल्याउन र निज पत्रकारलाई भयमुक्त वातावरणमा समाचार संकलन गर्ने कार्य सहयोग पुर्याउन सम्बन्धित सबैमा सञ्चार क्लब नेपालले माग गरेको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्