शिक्षा महँगो बनाउन महानगरको लालमोहर : २७ प्रतिशतले शुल्क वृद्धि


 


काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ । नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्यणबाट निजी विद्यालय थप मोटाउने अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ र

महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको फागुन २६ गतेको बैठकले निजी विद्यालयद्वारा हाल लिइँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन दिने गरी नयाँ शुल्कदर तोकेको हो । नयाँ शैक्षिक सत्र वैशाख २ देखि सुरु हुनेछ । महानगरभित्र सञ्चालित ६ सय ४५ निजी विद्यालयमा अब नयाँ शुल्क दर कार्यान्वयन गरिने महानगर शिक्षा विभाग प्रमुख निर्मला केसीले बताइन् । यो समाचार रुबी रौनियारले नागरिकमा लेखेकी छन् ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्