नेकपा सरकारले देश कब्जा गर्न खोज्यो – काँग्रेसकी नेतृ डा. आरजु राणा देउवा


 


धनगढी- नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले देश कब्जा गर्न खोजेको आरोप लगाएकी छिन् ।

धनगढीमा बिहीवार आयोजित नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले नेकपाको सरकारप्रति जनाधार खस्कँदो रहेको र भावी निर्वाचन पनि नगराउने पक्षमा वर्तमान सरकार देखिन थालेको जिकिर गरिन् ।

सरकारको नराम्रो कामप्रति जनताले खबरदारी गर्नुपर्ने समेत उनको भनाई थियो । ‘दुई तिहाईको दम्भ देखाउँदै सरकारले जनताको काम शून्यमा झारेको छ’, नेतृ देउवाले भनिन्, ‘यसरी जनतालाई धोका दिँदै गएकाले जनस्तरबाट सरकारको भरोसा टुट्दै गएको छ ।’

आफू कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट पराजित भएपनि जनताको सेवा गर्न कहिले पछाडि नहट्ने समेत उनको दाबी थियो ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्