टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, स्थानीयद्वारा टिपरमा आगजानी भिडियो सहित


 


नुवाकोटमा शुक्रबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको बट्टार–४ मा बिहान साढे सात बजे ना ५ ख २८९८ को टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा विदुर नगरपालिका–२ का २२ वर्षीय दिवाकर खनाल रहेका छन् भने २४ वर्षीय मुन्ना गुप्ता घाइते रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनीसमेत गरेका छन् । दोषी चालकलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले बट्टार–गगंटे सडक खण्ड अबरुद्ध बनाएका छन् ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्