प्रदेश नं २ को नाम आउने १५ वर्ष सम्म पनि २ नं प्रदेश नै हुन्छ – कुमार लिङदेन


 


दमक चैत २९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान प्रान्त स्थापना नभएसम्म आपूmहरुले संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ताप्लेजुङको फुङ्लिङमा आयोजित मञ्चको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङदेनले लिम्बुवान प्राप्तिका लागि निर्णायक आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

उनले प्रदेश नं १ लाई लिम्बुवान नामाकरण गर्ने विषयमा ठुलो षडयन्त्र भइरहेको र आफ्नाे पार्टीले खबरदारी गरिरहेको बताए ।

लिम्बुवान प्रान्तका लागि लिम्बुवानबासी एकजुट हुनुको विकल्प नरहेको उनले बताए ।

उनले हाल मुलुकमा भ्रष्टाचार मौलाइरहेको भन्दै मञ्चले भ्रष्टाचारविरुद्धको अभियान समेत चलाइरहेको बताए ।

गाउँ–गाउँमा सिंहदरबारको नारा दिए पनि गाउँ–गाउँमा भ्रष्टाचार र अनियमितता मौलाएको उनको भनाइ छ ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्