किसानलाई नि : शुल्क मोटर वितरण


 


पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामार्फत २० वटा कृषक समूहलाई सिंचाईको सहजताका लागि एक एक सेट पानी तान्ने मोटर निःशुल्क वितरण गरिएको छ ।

नगर प्रमुख दिलिपकुमार राईले नगरपालिका कार्यालयमा आज आयोजित कार्यक्रमकाबीच कृषक समूह, कृषि फर्म सहितलाई मोटर र त्यसमा आवश्यक सामग्री वितरण गर्नुभयो । कृषि कार्यक्रम अन्तर्गत नगरपालिकामा आएको सशर्त अनुदान कार्यक्रमको ७ लाख ९१ हजार रुपैयाँबाट सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्