हलेसीमा भक्तजनको घुइँचो



खोटाङ । रामनवमीको अवसरमा पुर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीहरुको बाक्लो भीड लागेको हो ।

मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका हजारौँ दर्शनार्थीहरुको उपस्थिति रहेको छ । किरात, बौद्ध र हिन्दुधर्मालम्बीहरुको त्रिवेणीधाम मानिने हलेसीमा सडक बिस्तार भएसँगै दर्शनार्थीहरु उल्लेख्य रुपमा आएका छन् ।

उदयपुरको कटारी–घुर्मी तथा घुर्मी–दिक्तेल सडक खण्डमा पर्ने सुनकोशी र दुधकोशीमा बेलीब्रीच बनेपछि यस पल्ट हलेसी आउने दर्शनार्थीहरुको संख्या बढ्दै गएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दुधकोशी तथा उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोशीमा बेलीब्रीज बनेपछि सिधै काठमाडौं, धरान, बिराटनगर, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर आएका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्