नेपालमा रेल ल्याउने योजना हावादारी होईन : काँग्रेस प्रबक्ता शर्मा


 


काठमाण्डौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा रेल ल्याउने योजना हावादारी नभएको बताएका छन् । उनले नेपालमा रेल ल्याउने योजना जिम्मेवारी सपना भएको पनि बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले भनेझैं रेल छिट्टै नआएपनि रेल ल्याउने योजना हावादारी भने नभएको उनको भनाइ छ । पोखरामा शनिबार भएको एक कार्यक्रममा शर्माले रेल ल्याउने योजना कांग्रेसले घोषणापत्रमै उल्लेख गरेकोसमेत स्मरण गराएका छन् ।

‘अहिले पनि नगरपालिका भनिएका डाँडाँमा सडक पुगेको छैन् । रेल आउनुहुन्न भन्ने होइन,’ शर्माले भने, ‘जसले मेलम्चीको पानी सुरुङबाट छेडेर ल्याउन सकेन उसले पूर्व–पश्चिम रेल ल्याउँछ रु’ ओली सरकारले पूर्वपश्चिम रेल ल्याउन नसक्ने उनले बताए ।

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउनुपर्ने उनले बताए । ‘झापाका धुर्मुस–सुन्तलीले विश्वभरि पैसा उठाएर चितवनमा क्रिक्रेट रंगशाला बनाउने योजना बनाउन सक्ने झापाकै केपी ओलीजीले बूढीगण्डकी बनाउन चीनलाई दिने रु,’ शर्माले प्रश्न गरे ।

भात पकाउन पनि भाँडा, पानी, चामल र आयो चाहिने बताएका शर्माले भात पकाउन पनि धैर्यतापूर्वक विवेक चाहिने बताए । ‘बिकास सुस्त सुस्त हुन्छ,’ उनले भने, ‘कांग्रेसलाई सुस्त पार्टी भन्छन् नि१ विकास हुने नै सुस्त हो ।’ माओबादीको गोली र राजाको गोलीका बीचबाट कांग्रेसले सुस्त सुस्त बिकास गरेको उनले दाबी गरे ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्