मोहन बैधले भने : कम्युनिस्ट सरकारले कम्युनिस्ट पार्टीलाई नै प्रतिबन्ध लगाउनु उचित हैन


 


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले कम्युनिस्ट सरकारले कम्युनिस्ट विचारधारा बोकेको दललाई नै प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् ।

शनिबार राजधानीमा कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जलिसभामा उनले कम्युनिस्ट आन्दोलन मुलुकको आवश्यकता रहेको भन्दै विचारका आधारमा कसैलाई प्रतिबन्ध लगाउनु राजनीतिक चरित्र नभएको टिप्पणी गरे ।

महासचिव वैद्यले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई भने कम्युनिस्ट आन्दोलनको भावनाअनुरुप नभएको जिकिर गरे ।

उनले कम्युनिस्ट पार्टीबीच एकताको आवश्यकता रहे पनि मूल्य र मान्यताको धरातललाई बिर्सन नहुने बताए ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्