कमल थापाले भने : घरमा माला जपेर हिन्दु राष्ट्र आउँदैन, सडकमा ओर्लिनुस्


 


काठमाण्डौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले धर्मनिरपेक्षताविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको हो ।

राप्रपाले विरोध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई उर्दी जारी गरेको छ । राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन प्रदर्शन गर्न लागेको बताएका छन् ।

उनले एक ट्वीट गर्दै घरमा माला जपेर हिन्दु राष्ट्र नआउने भएकाले सडकमा ओर्लन सबैलाई अपिल गरेका छन् । ‘घर बसेर, माला जपेर हिन्दुराष्ट्र आउंदैन’, थापाले ट्वीटरमा लेखेका छन्, ‘सडकमा उत्रिए हिन्दुराष्ट्र बनाउन धेरै दिन लाग्दैन ।’

धर्मनिरपेक्षता र गणतन्त्रबारे राप्रपाको सुरुदेखि नै फरक मत छ । यद्यपि, थापा नेतृत्वको राप्रपा पछिल्ला परिवर्तनका एजेन्डा संस्थागत गर्न बनेका सरकारमा भने सहभागी भएको थियो ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्