प्रधानमन्त्री ओलीले ज्योतिषलाई भने : दक्षिणाको लोभमा बेकारको बकबास नगर्नुस्


 


रुपन्देही, बैशाख ७

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता कायम गर्न भ्रमको खेती शुरु भएको भन्दै नचाहिने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ ।

देशको पहिचान बदल्ने विकासमा लागिरहँदा केही शक्तिलाई भने यो मन नपरेको उहाँको भनाई छ । ओलीले ज्योतिष, धर्म र क्रान्तिका नाममा नचाहिने कुराको हल्ला फैलाउने काम भइरहेको बताउनुभयो । अंग्रेज फौजलाई २ सय ४ नेपाली सेनाले पराजित गरी बिजयप्राप्त गरेको खुसियालीमा बुटवलमा आज आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानविरोधी गतिविधि अन्त्य गरी देशलाई समृद्ध बनाउने बताउनुभयो ।

‘दुनियाँ एकातिर छ, राष्ट्र विकासमा जुटेको छ, के पाइन्छ, कहाँ पुगिन्छ? थाहा छैन । तर, उपन्द्रो गरेर क्रान्तिकारी बन्न खोज्दैछन’, उहाँले भन्नुभयो । विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै संविधान विरोधी अपराधपूर्ण क्रियाकलाप गर्ने समूहलाई विश्वास नगर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो । उहाँले केही नसकेर जनता भड्काउन ज्योतिष उचाल्न थालेको बताएउनुभयो माता, पिता, अंकलनाका ज्योतिष लगाएर जनता भड्काउन खोजेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘दक्षिणाको लोभमा बेकारको बकबास नगर्नुस् ।’

उहाँले ज्योतिष कहाँ नभई जनताका बीचमा जान आग्रह गर्नुभयो । नेपाल शासकीय अव्यवस्थाका कारण पछाडि परेको बताउँदै ओलीले अब जनताको व्यवस्था ल्याएकाले विकास र सुशासन कायम गरेरै छाड्ने बताउनुभयो ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्