हाम्रो साकोसमा बृहत नि : शुल्क स्वास्थ्य शिविर हुँदै


 


उर्लाबारी, बैशाख १४

उर्लाबारी – ५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आईतबार बृहत नि : शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

भारतको सिलगुडीस्थित डा.चाङ सुपर हस्पिटलको प्राविधिक सहयोगमा संस्थाकै सभाहलमा शिविर हुने अध्यक्ष डिबी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा जनरल फिजिसियन, नशारोग, स्त्रीरोग, हाडजोर्नी, मुटुरोग लगायतका रोगका विशेषज्ञ डाक्टरहरुको टोलीले स्वास्थ्य परीक्षण गर्नेछ ।

शिविर आईतबार बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म सञ्चालन हुने र बिहान ८ देखी १२ बजेसम्म नाम दर्ता गराईसक्नुपर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो । सो संस्थाले बचत तथा ऋण कारोवारका अलावा सामाजिक हितका गतिविधि समेत गर्दै आएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्