रामचन्द्र पौडेलले भने : ओलीले काण्डै काण्डको देश बनाए


 


रौतहट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार हरेक क्षेत्रमा विफल भएको बताउनु भएको छ । बालुवाटारकाण्ड, खुलामञ्चकाण्ड, सुनकाण्ड, निर्मलाकाण्ड, वाइड बडी काण्ड लगायत काण्डै काण्डको आरोप लागेका ओली सरकार हरेक क्षत्रमा विफल भएर नेपाली जनताको नजरबाट खसिसकेको बताउनु भएको हो । नेपाली कांग्रेसद्धारा रौतहटको राजपुर नगरपालिकामा शनिबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरेको विपरीत यो सरकारमा भ्रष्टाचारी, बलात्कारीलाई संरक्षण दिइ देशलाई भ्रष्टाचार एवं काण्डै काण्डको देश बनाएको आरोप लगाउनुभयो ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले काग्रेस माथि संकट परेको बेला मधेशका जनताहरु कांग्रेसको पक्षमा उभिने गरेको बताउँदै नेपाली कांग्रेससँग मधेशको जनताको सम्बन्ध अति नै प्रगाढ एवं धेरै पुरानो रहेको बताउनुभयो ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्