प्रधानमन्त्रीको निर्देशनमा अतिक्रमण गरिएको खुलामञ्चमा डोजर लगाएपछि ब्यापारीहरुमा रुवाबासी


 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खुलामञ्चमा बनाइएका सटर लगाएत बिभिन्न संरचनाहरुमा डोजर लगाएर भत्काउन थालेपछि त्यहाँका पसले तथा ब्यापारीहरुमा रुवाबासी मच्चिएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा आज शनिबारदेखि उक्त खुलामञ्चमा डोजर लगाइएको हो । सोही खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर बिभिन्न पसलहरु सञ्चालन हुँदै आएका थिए ।

खुलामञ्चमा अतिक्रमण गरेर सटर बनाएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार पसलमा डोजर लगाएर भत्काउन थालेको हो ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्