ओली र प्रचण्डबीच बालुवाटारमा सुटुक्क छलफल


 


काठमाण्डौ । सत्तारुढ नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको छ । ९ गते जिल्ला तहको नेतृत्व छिनोफानो गरेको नेकपाले अन्य भातृ संगठनको एकता टुङ्ग्याउन सकेको छैन ।

त्यसैगरी महत्वपूर्ण मानिने पोलिटव्यूरो गठन पनि हुन सकेको छ्रैन । जिल्ला नेतृत्वमा बल्ल बल्ल सहमति जुटाएको नेकपाले बाँकी एकता प्रक्रिया टुङ्व्याउने अलमल गरिरहेको बेला दुई अध्यक्षबीच छलफल भएको हो ।

छलफलमा सांगठनिक एकता र पोलिटव्यूरो गठनबारे कसरी सहमति जुटाउने भन्ने विषयमा केन्द्रित थियो । यसअघि प्रधानमन्त्रीसमेत रहेका ओलीले वैशाख महिनाभित्रै बाँकी प्रक्रिया टुङ्ग्याइने दावी गरेका थिए ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्