“नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउँदै गए मुलक नै नरहने चेतावनी”


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउँदै गए मुलक नै नरहने चेतावनी दिएका छन् ।

नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समितिले शनिबार राजधानीमा गरेको छलफलमा अख्तियारका पूर्वप्रमुख उपाध्यायले राजनीतिक दलका नेताहरुले नागरिकतामा कडाईँ गर्नुको सट्टा विदेशीलाई कसरी दिलाउन सकिन्छ भनी गरेका कसरत नै राष्ट्रघाति कसरत भएको टिप्पणी गरे । उनले सत्ता टिकाउने सवालमा विदेशीलाई नेपाली नागरिकता दिने बर्षौँदेखि चल्दै आएको गलत प्रवृतिविरुद्ध आवाज नउठाए एकदिन मुलुकको अस्तित्व नै समाप्त हुने बताए ।

उनले २०६३ सालदेखि नै विदेशीलाई नेपाली नागरिकता दिलाउने सन्र्दभमा नेताहरुले मुलुकभित्रैबाट विभिन्न प्रपञ्च गने गरेको दाबी पनि गरे । उनले शान्ति सम्झौतापछि बनेको नागरिकता ऐन २०६३ का आधारमा नागरिकता बाड्ने काम नै ठूलो राष्ट्रघाति कदम भएको टिप्पणी गरे ।

कार्यक्रममा नागरिक अगुवा साध्य बहादुर भण्डारीले संविधान संशोधन गरेर विदेशीले नेपाली नागरिकता पाउने सम्पूर्ण प्वाल बन्द गर्नुको सट्टा सरकारले तक्मा लगाउने काम गरेको आरोप लगाए ।

संसदको राज्यव्यवस्था समितिमा नागरिकता विधेयक सम्बन्धी छलफल चलिरहेका बेला गृहमन्त्रालयको निर्देशनमा नागरिकता वितरणको काम हुन थालेपछि यसको चौतर्फी विरोध हुदै आएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्