दाइजोकै निहुँमा एक महिनामा ३ महिलाको जलाएर हत्या !


 


सिराहा । आफ्नै पति र सासुले ज्युँदै जलाएकी सिराहाकी २१ बर्षीया कञ्चनदेवी मण्डल खत्वेको शुक्रबार मृत्यु भएको छ । कल्याणपुर नगरपालिका ८ की खत्वेलाई उनकै पति बेचन मण्डल र सासु सुर्जी खत्वेले बिहीबार जलाएको आरोप लागेको छ ।

जलिरहेको अवस्थामा कञ्चनका स्थानीयले उद्धार गरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर पु–याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबारै धरान पु¥याएपनि उपचार धरानमा उपचार सम्भवन नभएपछि काठमाडौं सुष्मा कोइराला मेमोरियल अस्पतालमा ल्याइएको थियो ।

तर अस्पताल ल्याइपु¥याउँदासम्म उनको टाउको केहि भाग र अनुहारको आधा भाग बाहेक सबै जलेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ८ घण्टामा एम्बुलेन्स मार्फत काठमाडौं ल्याइपु¥याउँदा उनको मुटु र मृगौलाले काम गर्न छोडिसकेको थियो ।

सिराहा प्रहरीका अनुसार कन्चनकी सासु सुर्जी मण्डल प्रहरी हिरासतमा छिन् भने पति बेचन मण्डल फरार रहेका छन् । कन्चनकी डेढ बर्षकी छोरी छिन् । स्थानीयका अनुसार कन्चनलाई श्रीमान र सासुले दाइजो नपाएको र छोरी जन्माएको बहाना सधै झैगडा र कुटपिट हुने गरेको थियो । दुई साता अघि मात्रै धनुषाकी निर्मला यादवलाई बिहे गरेको केहि दिनमै आफ्नै श्रीमानले मट्टीतेल छर्केर जलाएका थिए ।

साथै एक महिना अघि मात्रै जनकपुरमा दाइजोको निहुँमा डा श्रीमान सचितानन्द यादवको कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएको थियो । डा यादव अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् । पछिल्लो समयमा मात्रै ३ महिलाले आफ्नै श्रीमानले आगो लगाएर तथा कुटाइबाट ज्यान गुमाएका छन् । सबैको बाहाना दाइजो नै देखिएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्