दुई नेता विप्लवलाई छाडेर सत्तारुढ नेकपामा प्रबेश


 


भक्तपुर । भक्तपुरका दुई जिल्ला नेताले नेकपा विप्लव समूहको पार्टी परित्याग गरी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–९ का“क्राबारीमा आयोजित पत्रकार सम्मेलनमा विप्लव समूहका जिल्ला कमिटी सचिवालय सदस्य तथा सूर्यविनायक नगरपालिका इन्चार्ज यादव तामाङ र युवा नेता विराज तामाङ नेकपामा प्रवेश गर्नुभएको हो । उहाहरुलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले पार्टी प्रवेश गराउनुभयो ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्