प्रधानमन्त्री ओलीकाे कामबाट कांग्रेस नेता खुसी भएपछि…


 


काठमाडौं १५ बैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । खुल्लामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीको महत्वपूर्ण भूमिका रहेको प्रधानको भनाई छ । उनले भने,‘म सम्पूर्ण मिडियालाई धन्यवाद भन्न चाहन्छु ।’

बैशाखभित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खालि नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको पनि प्रधानले स्मरण गराए । यद्धपी प्रधानमन्त्री ओलीले तत्कालै निर्देशन दिएर खुल्लामञ्चका सटर भत्काउन लगाएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पूनः धन्यवाद दिए ।

त्यस्तै, उनले ईतिहासमै मिडियाले छ्याप्छ्याप्ती गरेर समाचार छापेको पनि यही टुँडिखेलको जग्गा प्रकरण भएको जिकिर गरे । उनले भने,‘सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ । भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

कुनै दल विशेषको नभई जनताको प्रतिनिधि भएर यस्तो गलत कार्यको विरोध गर्नुपर्ने उनको भनाई थियो । ‘भ्यु–टावर’बाट सुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुगेको नेता प्रधानको आरोप छ ।

फरक प्रसँगमा उनले नेपालको ईतिहाँसमै अहिलेसम्मको बलियो सरकार भएपनि वर्तमान सरकारले काम गर्ने अवसर गुमाएको आरोप लगाए । उनले भने,‘यो सरकार अहिले काण्डै काण्डमा मुछिएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्