नेपाली क्रिकेट समर्थकद्वारा क्यान विरुद्ध जनप्रदर्शन


 


canकाठमाडाैं, फागुन २३

त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा आज नेपाली क्रिकेट सपोटर्स एसोसियसनको नेतृत्वमा भएको विशाल जनप्रदर्शन आक्रोसयुक्त र सनसनिपुर्ण भएको छ । विशाल जनमासलाई नेतृत्व गरेका आन्दोलन कमिटिका संयोजक प्रमोद बज्राचार्यले भने,” अब हाम्रो आवाज सुकिसकेको छैन,संघर्ष सुरु भएको छ,आन्दोलनले शंख फुकेको छ । “

उनले चेतावनी शैलीलाई भने ,अब क्रिकेटमा मनोमानी चल्दैन । जे गरे पनि हुन्छ भन्ने भ्रम त्याग ,अब खरानी हुन्छस् । यस्तै उनले चतुरबहादुर चन्द समुहलाई मुद्दा फिर्ता लिइ राजिनामा गरेर एक नागरिकको अस्तित्व बचाउन सुझाव दिए,त्यस्तै रमेश सिलवाल नेतृत्वको क्यानलाई राखेपले खारेज गरि क्रिकेटमा प्रत्यक्ष योगदान स्वस्फुर्त पुर्याएका विवादरहित नाम समेट्न सुझाब दिए,अन्यथा परिणाम भयानक हुने उनको कथन थियो । “

विरोध कार्यक्रममा समर्थकहरुले क्यान हामीलाई चाहिदैन,क्रिकेट मेट्न पाइदैन – क्यान मुर्दाबाद भन्दै चर्को नारावाजी गरेका थिए । रमेश सिलवाल,चतुरबहादुरचन्द,अशोकनाथ प्याकुरेल,किरण रानाको नाममा पुत्ला दहन गरिएको थियो । चर्को नाराबाजी गर्दै गर्दा भेटिएका नेपाली क्रिकेट सपोटर्स एसोसियसनका उपाध्यक्ष विनोद नेपालले भने,” हामी क्रिकेट समाप्त हुन दिन्नौ ।

क्रिकेटप्रेमीको उर्जाले नै हामी अघि बढ्नेछौं | हामी अझै ससक्त आन्दोलनको कार्यक्रम छिट्टै घोषणा गर्नेछौं । ” यस्तै भिड सम्हाल्दै नाराबाजी गर्दै गरेका सहसचिब विमल पौडेलले अब क्रिकेटका भाइरसहरुलाई खतम गरेर नै यो आन्दोलन टुंगिने घोषणा गर्दैगर्दा बेजोड तालीको गडगडाहट सुनियो । यस्तै आधिकारिक कार्यकारी सदस्य विकास भन्डारी र गणेश रिजाल पुत्ला दहन गर्दै थिए भने व्यापक समर्थकहरुको उपस्थिति थियो । आन्दोलन अब झन भयानक हुने निश्चित जस्तै देखिन्छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्