कांग्रेसले जागरण अभियानलाई देशव्यापी बनाउने


 


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म र्पुयाउने निर्णय गरेको हो ।

सरकारको कार्यशैली र गलत कामको भन्डाफोर गर्दै जनताको घरदैलो पुग्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले सातओटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने बताउनुभयो ।

बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार र अनियमितता बढेको भन्दै सरकारको खबरदारी गर्ने निर्णय पनि गरेको छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शाशांक कोइरालालगायतका नेताको उपस्थिति थियो ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्