हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन राजपाको माग


 


काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन माग गरेको छ ।सरकारले सेनालाई घर बनाउने जिम्मा दिँदै बजेट समेत दिइसकेको छ । तर राजपाका नेता अनिल झाले संसद बैठकमार्फत् उक्त कार्य सेनाबाट फिर्ता लिएर प्रदेश वा स्थानीय सरकारलाई दिन माग गरेका हुन् ।

‘घर बनाउने कुरा भयो । हावाहुरी पीडितलाई घर बनाउन प्रदेश २ सरकार र स्थानीय तहले मागेका थिए । तर सेनालाई सानो सानो काममा समेत सहभागी गराउँदा सेनाको स्वच्छ चरित्र र ठूला प्रोजेक्टमा लगाउने पुरानो प्रतिबद्धता मेल खाँदैन’, झाले भने, ‘स्थानीय तहबाटै काम गराउनुपर्थ्यो।

हावाहुरी पीडितको घर बनाउने काम प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्छ।’ उनले हावाहुरी पीडितका लागि उचित व्यवस्थापनको काम केन्द्रीय सरकारका हुनुपर्ने बताए ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्