नेकपा नेता नेम्वाङले भने : जनता निराश नभई उत्साहित छन्


 


काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको बताएका छन् । संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले काम गर्न नसकेको र जनता निराश भएको बताएका थिए ।

लगत्तै सम्बोधन गरेका नेकपा संसदीय दलका उपनेता नेम्वाङले त्यसको खण्डन गर्दै भने, ‘यो देशमा अधिकारका लागि आन्दोलन गर्नु पर्दैन । यो विन्दुमा हामी उभिएका छौँ । यस्तो अवस्थामा जनता निराश छन् भन्नु कति उपयुक्त हुन्छ रु’

उनले अघि भने, ‘जनता निराश होइन, उत्साहित छन्, खुसी छन् ।’ नेम्वाङले प्रतिपक्षलाई सम्मान गर्ने र साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले निरंकुशताविरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्