पाल्पामा फिल्मी स्टाइलमा बेहुलाले बचाए बेहुली


 


पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ हुवासबाट बेहुली लिएर फर्कंदै गरेको जिप भिरपानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
जिपमा सवार बेहुलाबेहुली भने हामफालेर बाँच्न सफल भए । प्रहरीले बताएअनुसार जिप पल्टने लागेको चाल पाएपछि बेहुलाले बेहुलीको हात समातेर हामफालेका थिए । उनीहरु सामान्य घाइते छन् ।

लु१ज १९४१ नम्बरको बेहुलाबेहुली सवार जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा निस्दी गाउँपालिका–७ का ५७ वर्षीय सन्तबहादुर सारु सोही ठाउँका ५५ वर्षीय देवीलाल खन्गाह, ४५ वर्षीय खड्गबहादुर सोमै, ४५ वर्षीय लालबहादुर सारु र चालक बुद्धिबल सोतीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाले जिप अनियन्त्रित भर्इ सडकबाट चार सय मिटर तल खसेको जानकारी दिए ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्