बारा–पर्सा आँधीः सेनाले एक हजार ४५३ घर बनाउँदै


 


वीरगञ्ज । पर्सा र बारा जिल्लामा हावाहुरीका कारण पूर्णरुपमा क्षति भएको एक हजार ४५३ वटा घर नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ । गत चैत १७ गते साँझ आएको हावाहुरीका कारण बारा जिल्लाको उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका गरी आठ वटा इलाकामा ठूलो सङ्ख्यामा मानवीय तथा जनधनको क्षति गरेको थियो ।

हावाहुरीका कारण जिल्लाको ठेटा, तेलकुवा, त्रसैनी, भलुवाही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायत ठाउँमा घरहरु भत्कँदा २९ जनाको मृत्यु हुनाका साथै ६०० भन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्