ओली सरकारबिरुद्ध ११ विद्यार्थी संगठन सडकमा उत्रिए
काठमाडौँ, बैशाख १७
११ विद्यार्थी संगठनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध बिभिन्न नाराबाजी गर्दै आज सडकमा उत्रेका छन् । उनीहरुले विद्यालयदेखि विश्वविद्यालय तहसम्म भएका शुल्कवृद्धि रोक्नु पर्ने, देशमा हुने गरेको हत्या– हिंसा रोक्नु पर्ने, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनकि गरी दण्डसजाय दिनुपर्ने माग गर्दै बिभिन्न नारा लगाई माइतीघरदेखि बानेश्वर सम्म विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुको माग सरकारले लुकाएको लाल आयोगको प्रतिवेदन सार्वजनकि गर्नुपर्ने, संविधानमा सबैको अपनत्व हुनेगरी संशोधन गर्नुपर्ने समेत रहेको थियो । ११ विद्यार्थी संगठनले नेपाल विद्यार्थी संघको अगुवाइमा आज बिरोध प्रर्दशन गरेका हुन् ।
प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार










